कोरोना संक्रमित ओली सार्वजनिक कार्यक्रममा सहभागी (भिडिओसहित)


काठमाडौं, १३ माघ । कोरोना संक्रमण भएका नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा शर्मा ओली संक्रमित रहेकै अवस्थामा सार्वजनिक कार्यक्रममा सहभागी भएका छन् ।

युवा संघले आयोजना गरेको ब्लड डोनेशन कार्यक्रममा ओली सहभागी भएका हुन् । ओलीलाई यही माघ ९ गते कोरोना संक्रमण पुष्टि भएको एमालेले जनाएको थियो ।