महिला लघुवित्त संस्थाका सेयरधनीले पाए बोनस सेयर


काठमाडौं, ५ फागुन । महिला लघुवित्त वित्तीय संस्थाले सेयरधनीको डिम्याट खातामा बोनस सेयर जम्मा गरिदिएको छ ।

कम्पनीले मंसिर २२ गते सम्पन्न चौथो वार्षिक साधारण सभाबाट पारित ४७.५ प्रतिशत बोनस सेयर ४ गतेदेखि जम्मा गरिदिएको जानकारी गराएको हो ।

कम्पनीको शेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।