चक्कुले घाँटी रेटेर छोराले गरे बुवाको हत्या


दाङ, ५ फागुन । आफ्नै बुबाको हत्या गरेको अभियोगमा छोरालाई प्रहरीले पक्राउ गरेको छ। शान्तिनगर गाउँपालिका–३ चिराघाटको बेलडाँडा बस्ने ६३ वर्षीय कर्ण बहादुर मगरको हत्या गरेको अभियोगमा उनकै कान्छो छोरा १९ वर्षीय गोपाल मगरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

गोपालले कर्ण बहादुरलाई चक्कुले घाँटी रेटी हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय खिलतपुर र प्रहरी चौकी चिराघाटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।