कांग्रेसले कार्यकर्तालाई एक महिने चुनावी प्रचारमा खटाउने


काठमाडौं, २४ फागुन । सत्तारुढ दल नेपाली कांग्रेसले जिम्मेवारीसहित कार्यकर्तालाई चुनावी प्रचारमा खटाउने भएको छ। कांग्रेसले आगामी बैशाख २० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै जिम्मेवारीसहित कार्यकर्ताहरुलाई फागुन २९ देखि एक महिने अभियान सञ्चालन गर्न लागेको हो ।

हरेक काँधलाई भारि हरेक हातलाई जिम्मेवारी को नीतिसहित सबै कार्यकर्ताहरुलाई उचित जिम्मेवारी दिएर पार्टीले अभियानमा खटाउने भएको हो ।

कांग्रेसको नेतृत्वमा विगतमा हासिल भएका राजनैतिक र आर्थिक उपलब्धी जनतालाई प्रचार अभियानले गर्ने जनाइएको छ । अमेरिकी सहयोग परियोजना एमसीसी पारित गर्न सकेको सन्देश पनि कांग्रेसले जनतालाई सुनाउने भएको छ ।

 

Skip This

Omoda E5 Pro