आँधिखोला लघुवित्तको त्रैमासिक समिक्षा तथा व्यवसाय प्रर्वद्र्धनात्मक तालिम सम्पन्न


काठमाडौं, २ चैत्र। आँधिखोला लघुवित्तको त्रैमासिक समिक्षा तथा व्यवसाय प्रवद्र्धनात्मक तालिम सम्पन्न भएको छ । आर्थिक वर्ष २०७८ र ७९ को दोश्रो त्रैमासिक समिक्षा तथा आगामी रणनीतिक गोष्ठी तथा व्यवसाय प्रर्वद्र्धनात्मक तालिम पोखराको लेक साइडमा सम्पन्न भएको हो ।

फागुन २८ देखि ३० गतेसम्म समिक्षा तथा तालिम कार्यक्रम संचालन गरेको कम्पनीले जनाएको छ । संस्थाका अध्यक्ष तथा लघुवित्त वैकर्स संघका कोषाध्यक्ष नरेश के.सी.सञ्चालकहरु विद्या श्रेष्ठ, युक्त वहादुर सुवेदीको समेत उपस्थिीती रहेको सो कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत डोलराज के.सी., नायव कार्यकारी प्रमुख वावुराम कुँवरको उपस्थिती रहेको लघुवित्तले जनाएको छ ।

संस्थाको चुक्ता पुँजी १० करोड, संस्थामा हाल २० हजार ग्राहक सदस्यहरु मध्ये १० हजार बढी सदस्यले करिब १ अर्ब ३० करोड कर्जा लिई व्यवसाय संचालन गरिरहेको र वचत परिचालन ४३ करोड भन्दा वढि रहेको जनाइएको छ ।

 

Skip This