प्याकेजमा होल बडी चेकअप सेवा सुरु गर्दै टेकु अस्पताल


काठमाडौं, १७ चैत्र । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले प्याकेजमा होलबडी चेकअप सेवा सुरु गर्ने तयारी गरिरहेको छ । टेकुस्थित अस्पतालले वैदेशिक रोजगारीमा जानेलाई मध्य नजर गर्दै होल बडी चेकअप प्याकेज सुरु गर्न लागेको हो ।

अस्पतालको अनुसार विदेश जाने नेपालीहरुलाई लक्षित गर्दैे अबको केही महिनापछि यो सेवा सुरु हुनेछ । अस्पतालले अल्ट्रा साउण्ड, भिडियो एक्सरे विभिन्न सरुवा रोगहरुको रगत परीक्षण लगायतका सेवा दिँदै आएको छ ।