कर्णाली, २० चैत्र । कालिकोटको पचालझरनास्थित कर्णाली नदीमा आज मिनीबस खस्दा गाडीका सहचालक बेपत्ता भएका छन् ।
पचालझरना गाउँपालिका–८ पर्ने भुइँचेचाङ र खोली बजारनजिक जीतेगडा–कोल्टी सडकखण्डमा सडकबाट ००२ ख ०१६२ नम्बरको मिनीबस नदीमा खसेको प्रहरीले जनाएको छ ।
प्रहरीको अनुसार उक्त मिनीबसमा चालक, सहचालक र एक महिला यात्रु थिए । तीनजना मध्ये एक जना बेपत्ता भएका हुन् । करीब साढे २ बजे दुर्घटनामा परेको बसका चालक भने बोल्न नसक्ने अवस्थामा छन् र महिलालाई सामान्य चोट लागेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया