माओवादी निकट अखिल क्रान्तिकारीद्धारा आगामी बजेटको लागि अर्थमन्त्रीलाई सुझाव


काठमाडौं, २४ चैत्र । अर्थमन्त्री जनार्दन शर्मालाई आज माओवादी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले आर्थिक वर्ष ०७९/०८० का लागि १७ वटा सुझाव पेश गरेको छ ।

अखिल क्रान्तिकारीले आर्थिक समृद्धि र विकासको मुल आधार शिक्षा क्षेत्र हो भन्ने यथार्थतालाई सरकारले ह्दयंगम गरि शिक्षा क्षेत्रमा कुल बजेटको २० प्रतिशत छुट्याइनुपर्ने लगायतका १७ वटा सुझावहरु दिएको हो ।

अध्यक्ष पञ्चा सिंहद्धारा हस्ताक्षरित सुझाव पत्रमा विद्यार्थीहरुले उच्च शिक्षा प्राप्तिको लागि सहज शैक्षिक ऋणको व्यवस्था गर्नुपर्ने, शैक्षिक प्रमाणपत्र धितो राखेर सहुलियतपुर्ण उद्यमशील कर्जाको व्यवस्था गर्नुपर्ने, जनयुद्धमा सहादत प्राप्त गर्ने शहिदका परिवारका आश्रीत बच्चालाई उच्च शिक्षासम्म निशुल्क शिक्षाको व्यवस्था गर्नुपर्ने सुझाव दिइएको छ ।

अर्थमन्त्री शर्माले नयाँ आव ०७९/०८०को लागि युवा तथा विद्यार्थीबाट छलफल सुझाव संकलन कार्यक्रम राखेका थिए ।