थप १३ जनामा कोरोना संक्रमण, ४४ जना डिस्चार्ज


काठमाडौं, २६ चैत । नेपालमा पछिल्लो २४ घण्टामा थप १३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यस अवधीमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ४४ रहेको छ ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या छ सय ३७ रहेको छ ।

पछिल्लो २४ घण्टामा मृतकको संख्या सुन्य रहेको छ ।