नेताहरुहरुले घरमा नोट थन्क्याएका कारण देशमा आर्थिक संकट आयो : लिङ्देन


काठमाडौं, ३० चैत्र । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले नेताहरुले घरघरमा नोट थन्क्याएको कारण अहिले आर्थिक संकट आएको टिप्पणी गरेका छन् ।

आज (बुधबार) पर्सामा आयोजित आमसभालाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका छन् ।

उनले नेताहरुले कमिशन र भ्रष्टाचारबाट कमाएको पैसाको स्रोत खुलाउनुपर्ने भएकाले घरमै थन्क्याएको दाबी गरे ।

उनले राप्रपाको पक्षमा जनलहर देखिएको भन्दै आगामी निर्वाचनमा सफलता हासिल गर्ने बताए ।