ललितपुर महानगरपालिकामा काँग्रेसबाट मेयरको उम्मेदवारको प्रतिष्पर्धामा को को ?


काठमाडौं, २ वैशाख । ललितपुर महानगरपालिकाबाट नेपाली काँग्रेसबाट मेयरको उम्मेदवार बन्न सात जनाबीच प्रतिष्पर्धा हुने भएको छ । आज काँग्रेस ललितपुर महानगरपालिका कार्यसमितिले सातजनाको नाम सिफारिश गरेको हो ।

सिफारिश नामहरुमा वर्तमान मेयर चिरीबाबु महर्जन, उपमेयर गीता सत्याल, पाका नेता भरतलाल न्याछ्यौ, ललितपुरका प्रभावशाली नेता प्रेमकृष्ण महर्जन, ललितपुर काँग्रेस महानगर कार्यसमितिका सभापति शुभानन धाख्वा, महानगरका पूर्वसभापति राजेश महर्जन, पाटन क्याम्पसका पूर्व स्ववियू सभापति अनन्तप्रकाश श्रेष्ठ छन् ।

यसपटक चिरीबाबुलाई मुख्य चुनौती दिनेहरुमा भरतलाल न्याछ्यौ र प्रेमकृष्ण महर्जन रहेको बुझिएको छ । दुवैको ललितपुरमा बलियो पकड छ ।