काठमाडौं, २४ जेठ । बर्दियामा किशोरीको मृत्युपछि स्थानीयहरु प्रदर्शनमा उत्रेका छन् । सोमबार स्थानीय र प्रहरीबीच झडप हुँदा २० वर्षीया नविना थारुको मृत्यु भएको घटनालाई लिएर आज प्रदर्शन भएको हो ।
खेतमा काम गर्न गएकी अस्मिता थारुलाई सोमबार बाघले झम्टेर घाइते बनाएको थियो । हाल उनको नेपालगन्जमा उपचार भइरहेको छ। बाघलाई नियन्त्रणमा लिन माग गर्दै स्थानीयहरु प्रदर्शनमा उत्रेपछि विवाद हुँदा झडप भएको थियो ।
प्रहरीले अनावश्यक बल प्रयोग गरेर भिडलाई नियन्त्रण गर्न ११ राउन्ड हवाई फायर समेत गरेको थियो । प्रहरी र स्थानीयबीच झडपको क्रममा गोली लागेर थारुको मृत्यु भएको स्थानीयहरुले दाबी गरीररहेका छन् ।
शवको पोस्टमार्टमपछि मृत्युको कारण पत्ता लाग्ने प्रशासनले बताइरहेको छ ।




प्रतिक्रिया