स्वीमिङ पुलमा जुम्बा डान्स सम्पन्न (फोटोफिचर)


काठमाडौं, २९ जेठ । ‘हाम्रो साझा एरोविक एण्ड डान्स’ले काठमाडौं–१४ कुलेश्वरको लिंकमार्गमा रहेको स्वीमिङ पुलमा आक्वा जुम्बा डान्स सम्पन्न गरको छ ।

शनिबार मदननगरस्थित भिजनोभा रिक्रियशन सेन्टरको स्वीमिङ पुलमा जुम्बा डान्स बिहान ८ बजेदेखि सुरु भएर अपरान्ह्र ३ बजे सम्पन्न  गरिएको सञ्चालिका रिमा सुब्बाले बताइन् ।

स्वास्थ्यको लागि डान्स नारासहित विगत सात वर्षदेखि काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन भइरहेको हाम्रो साझा एरोविक डान्सले निःशुल्क सेवा गर्दै आएको छ ।

डान्सको लागि आउने जो सुकैलाई स्वास्थ्य नै जीवन हो भन्दै निस्वार्थ भावनाले डान्स सिकाउँदै आएको सञ्चालिक रिमा सुब्बा बताउछिन् ।
वर्षभरिमा आउने विभिन्न चाडपर्वहरुमा पिकनिक, तीज, होली लगायतको अवसर पारेर विभिन्न मनोरञ्जनका कार्य पनि गर्दै आएको छ ।

आफुले सञ्चालन गर्दै आएको एरोविक डान्समा स्वास्थ्य सेवा लिन आउनेहरु मध्ये स्वीमिङमा जुम्बा डान्स गर्न ६५ जना सहभागी थिए । बिहान ६ बजेदेखि भृकुटीमण्डपको प्राङ्गणमा सुरु हुने नियमित हुने एरोविक डान्सका मुख्य प्रशिक्षक चन्डु चौधरी भन्छन्,‘आफुसँगै अरु दाजुभाई दिदी बहिनीलाई पनि स्वास्थ्यको लागि डान्स भनेर सिकाउँन पाउँदा खुशी हुन्छु र आफुले जानेको सिप कला अरुलाई सिकाउँदा गर्व लाग्छ ।’

मुख्य प्रशिक्षक चौधरी कार्यव्यस्तताले कुनै दिन आउन नभ्याउँदा सहायक प्रशिक्षक सरीता केसीले प्रशिक्षण दिने गर्छिन् भने हाम्रो साझा एरोविक एण्ड डान्सको व्यवस्थापकिय भुमिका अन्जना शाक्यले गरिरहेकी छिन् ।

शनिबार स्वीमिङ पुलमा जुम्बा डान्स बिहान ८ बजेदेखि सुरु भएर अपरान्ह्र ३ बजे सम्पन्न भएको थियो । Photo : Mukunda Kalikote

 

Skip This

Omoda E5 Pro