पत्रकार तथा समाजसेवी सुर्य चन्द काठमाडौं–४ बाट उम्मेद्वारी दिने तयारीमा


काठमाडौं, ६ असार । काठमाडौं महानगरपालिका-७ चाबहिलका स्थायी बासिन्दा पत्रकार, कलाकार तथा समाजसेवी सुर्य चन्दले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ बाट संघीय सांसदमा स्वतन्त्र उम्मेदवारी दिने तयारि गरेका छन् । लामो समय देखि रंगपत्रकरितामा आबद्ध रहेर कलाकारिता समेत गर्दै आएका सुर्य चन्द समाजसेवाम अग्रणी भूमिका निर्बाह गर्दै आएका व्यक्तित्व हुन्।

महाभुकम्पको समय होस् अथवा कोभिडको समयमा होस् आफ्नो जिबनलाइ मृत्युको मुखमा राखेर जनताको सेवामा खटिएका चन्द बिगत लामो समय देखि आफुलाई समाजसेवामा समर्पण गरेर अनाथ असाहय, दुखि पिडितलाइ सहयोग गर्दै आएका व्यक्तित्व हुन्। निषेधाज्ञाको सुरु देखिनै सडकमा आफै खटिएर दिनरात नभनी दिन दुखि, अनाथ असाहयको सहारा बनेका सुर्य चन्द, राजनीतिमा समेत त्यतिकै सक्रिय व्यक्तित्व हुन्। चन्द भन्छन–”राजनीति आफैमा खराब होइन मात्र व्यक्ति र पद्दति खराब भएकोले हामी राजनीतिक फोहोरको दलदलमा फसीरहेका छौं।’

भ्रस्टाचारको भुमरीमा घुमिरहेको हाम्रो समाजलाइ युवा पुस्ताको नयाँ सोच, दायित्व, जोस र जागरले नयाँ नेतृत्वले मात्र निकास दिने उनको ठम्याई छ। आफूहसंग यथेष्ट जनशक्ति, युवाशक्ति छ र त्यसलाइ सकारात्मक उर्जामा परिबर्तन गर्दै श्रोत र साधनको सही उपयोगले हामी आफ्नो समाज र मुलुक निर्माण गर्न सक्षम हुने उनको भनाइ छ।

जनचेतनाको कमि, गुण्डाराज, बिदेशीको हस्तक्षेप , नाताबाद र कृपाबादजस्ता समस्याले गर्दा आफूहरु सधैं गरिबीको रेखामुनि रहेको र रेमिट्यान्सले देशको अर्थतन्त्र धान्छ भन्ने गलत भ्रम रहेको पनि उनको भनाई छ । उनले शिक्षित युवा वर्ग, नयाँ सोच, नयाँ दृष्टि, उर्जाशील नेतृत्वले नेपाल र नेपालीको भबिष्य निर्माण गर्नसक्ने सोचका साथ संघीय सांसदमा स्वतन्त्र उम्मेदवारी दिने तयारी रहेको जनाए । २०५५ देखि राजनीतिमा सक्रिय सुर्य चन्द, राजनीतिक दलको वितृष्णाले गर्दा स्वतन्त्र उम्मेद्वारी दिने तयारीमा जुटेको उनी बताउँछन् ।