कस्तुरीको विनासहित बुढा पक्राउ


काठमाडौं, २८ असार । कस्तुरीको विना जस्तो देखिने वस्तु सहित एकजना पक्राउ परेका छन् । कस्तुरीको विना जस्तो देखिने वस्तु सहित काठमाडौं–२६ नयाँ बसपार्क बस्ने जुम्ला सिंजा गाउँपालिका–४ घर भएका ४९ वर्षीय नर बहादुर बुढालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौं महानगरपालिका–३२ जडिबुटीस्थित बर्गर हवमा कस्तुरीको विना बेचबिखन तथा ओसारपसार गर्दै गरेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा नर बहादुरको साथबाट उक्त वस्तु फेला पारी पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धानको लागि बन कार्यालयमा पठाउने कार्य भइरहेको जनाएको छ ।