यो कृष्ण मन्दिर हो कि कृष्णको दरवार ?


मनिषा शर्मा : यो फोटो कुनै नाइट क्लब वा ५ तारे होटेल, सिनेमा हल होइन । यो सरकारी जग्गामा निर्माणाधिन काठमाडौं वडा नम्बर २९ मैतिदेवीस्थित् बैस्णव बाल गोपालु मन्दिर हो । सानिमा बैंक रहेको मैतिदेवि–बानेश्वर मूल सडकको भवनको ठिकबिपरित दिशामा बाटैमा एउटा ढोका छ । यसभित्र यो भद्दा मजाक बिभत्स तरिकाले बन्दैछ । अचम्म लाग्छ। मन्दिर नै मन्दिरले भरिपुर्ण देशमा यो ब्यापारिक भवन बनाउने कसले अनुमति दियो ? यहाँका पुजारी स्वयम लेखापरिक्षक हुन। उनको भब्य अफिस पनि यस मन्दिरभित्रै छ। बैश्णव समिती पनि भित्रनै छ तर झण्डै तीन करोडमा यो होटेलले वरिपरीका टोलेलाई बिभिन्न तरिकाले धम्क्याई चन्दा आतंक चलाईरहेको छ ।

सांसद प्रकाशमान सिंहसमेत बृद्धबृद्धाका लागि राम्रो होस्, धर्म होस भन्ने उच्च मनशायबाट सांसद विकास कोषबाट ५० लाख उपलब्ध गराउनुभयो । तर यस मन्दिरको निर्माण समिमित मै भूमाफिया सक्रिय भएकाले असल काम गर्दा चुनावको मुखमा अवगाल आउन लागेको छ । हाल आएर सांसद सिंह क्रुद्ध हुनुभएको छ ।

स्वयम जस्को नाममा मन्दिर बनेको छ, उहाँको प्रतीमुर्ती चाहीँ कहिँ भेटिन्न । धर्म, अद्यात्म, पुजाआजाका लागी यो ब्यापारिक भवन बनाईएको अवश्य होइन । अन्डरग्राउन्ड भुइँ तल्ला पुरा पार्किङ्गको लागि बनाईएको छ । माथी होटेलको रिसेप्शन छ। उच्छृंखलता, पैसाको हिनामिना र अझ टोल छिमेकको जग्गा समेत अतिक्रमण गर्न थालिएको छ। छिमेकी मन्दिरा दवाडीको पर्खाल फोडियो तर पनि अझै मन्दिर ब्यवस्थापनले बनाइदिएको छैन। हाताभित्र भाडामा ज्योतिश र कानुनबिदलाई किरायदार राखिएको छ, जबकी सार्वजनिक मन्दिरमा अपाङ्ग्, दीनदुखी र जोगी सन्यासी बाहेक अरुलाई राख्न कानुनले निषेद गरेको छ। लाज लाग्छ। सादगी र स्निग्ध जीवनको लागी प्रेरणा दिने भगवान कृष्णको नामको बदनाम गर्न उद्दत यी धर्मका धब्बा को हुन ?

टोल छिमेकले त आफुले दिएको चन्दा फिर्ताको माग गरेका छन। के चाही सिडीओ वा २९ वडा कार्यलयका वडाध्यक्षले यस लथालिङ्ग मन्दिर ब्यवस्थापन समितीलाई भङ्ग गरी आफ्नो मातहतमा ल्याउनुपर्ने पनि माग स्थानीयको छ । सरकारी जग्गामा बनेको सबै मन्दिर सार्वजनिक हुन्छन र त्यसमा गुठी संस्थान्, जिल्ला प्रशासन कार्यलय वा वडाको हकअधिकार स्वतः लाग्ने गर्छ। व्यक्तिकै चन्दाको जग्गामा बनेको भएपनि मठ, मन्दिर भएपछि वडाको स्वामित्व हुन्छ। अनिधिकृत मानिसको बिगबिगि, मन्दिरभित्रै डोजर चलाउने, भाडामा रहेका किरायदारले कसलाई मासिक भाडा बुझाउँछन त्यो पनि प्रस्ट नभएको, र पुजारीहरु को हुन र उनीहरु कसले नियुक्ती गर्‍यो जस्ता अहम प्रश्न तेर्सिएकाले वडाध्यक्ष कुश ढकालसमेत अब तदर्थ समिति गठन गरेर वडाले नै मन्दिर ब्यवस्थापन गर्ने निश्कर्षमा पुगेका छन ।

Skip This

Omoda E5 Pro