काठमाडौं, २६ भदौ । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले आगामी निर्वाचनमा पार्टीको एकल बहुमत आउनेगरि गठबन्धन गर्नुपर्नेमा जोड दिएका छन् ।
उनले गठबन्धनमा कम्तिमा पनि १०० सिट लिनुपर्ने अडान कायमै रहेको बताए । आज (आइतबार) मोरङमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले नै आगामी निर्वाचनमा एकल बहुमत आउनेगरि गठबन्धन गरिनुपर्ने निर्णय गरेकोले सोहीअनुसार अघि बढ्नुपर्ने बताए ।
उनले भने,‘काँग्रेसले १०० सीटमा उम्मेदवारी दिनुपर्छ । ७० र ८० सिटमा दिएर त बहुमत आउँदैन, हाम्रो बहुमत आउने गरी गठबन्धन गर्ने भन्ने केन्द्रीय समितिको निर्णय हो ।’




प्रतिक्रिया