गुल्मी, असोज २४। नेपाली काँग्रेसका प्रभावशाली नेता तथा संविधान सभाका सदस्य डा चन्द्र भण्डारीले गुल्मी जिल्लालाई विकासको नमुना जिल्ला बनाउने घोषणा गरेका छन् । प्रतिनिधि सभाका लागि गुल्मी क्षेत्र नम्बर–१ बाट नेपाली काँग्रेसको उम्मेदवार बनेका भण्डारीलाई सत्तारुढ पाँच दलिय गठबन्धनले साझा उम्मेदवार घोषणा गरेको छ ।

नेता भण्डारीले जिल्लाको समग्र विकास तथा भ्रष्टाचारको उन्मुलन तथा राष्ट्रिय स्वाधिनतालाई आफ्नो प्रमुख चुनावी एजेण्डा रहेको बताउँदै आएका छन् । आगमी मङ्सिर ४ गते सम्पन्ने हुने प्रतिनिधि सभा सदस्यका प्रत्यासी नेता भण्डारीले आइतबार सदमुकाम तमघास स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आफ्नो उम्मेदवारीको मनोनयन दर्ता गराएका हुन् ।

सो अवसरमा उनले निर्वाचित भए पछि सम्पूर्ण ध्यान जिल्लाको विकास र समृद्धिमा खर्च गर्ने प्रतिवद्धतासमेत व्यक्त गरे । मुलुकमा व्यक्त भ्रष्टाचार अन्त्य गरी देशलाई समृद्धिको बाटोमा अघि बढाउन प्रतिनिधि सभामा आफूलाई खरो रुपमा प्रस्तुत गर्ने उनले बताए।

राष्ट्रवादी व्यक्तित्वका रुपमा परिचित भण्डारीलाई गुल्मी जिल्लामा विकास प्रेमी नेताका रुपमा लिने गरिन्छ । उनले मुलुका व्यप्त भ्रष्टारका कारण वेतिथी मौलाउँदा युवा पुस्तामा निराशा छाएको र विदेशीने क्रम बढेको भन्दै भ्रष्टाचारको अन्त्य गरी मुलुकले समृद्धिको बाटो बढाउनुको विकल्प नभएको बताए ।

मनोनयन दर्ता पछि सञ्चारकर्मीले नेता भण्डारीका भावी योजना तथा चुनाव जित्ने आधारबारे जिज्ञाशा राखेका थिए । त्यस क्रममा नेता भण्डारीले आफू संविधानसभा सदस्य निर्वाचित भएपछि जिल्लाको समग्र विकासलाई प्राथमिकतामा राखेर काम गरेको र त्यसको साझी स्वयं समग्र जिल्लाबासी जनता र मतदाता रहेकाले बताए ।

नेता भण्डारीले भने ‘‘ जिल्लाको विकास हेर्नुहुन्छ भने १० बर्ष पहिले हामीले जे परियोजनाहरु सञ्चालन गरेका थियौँ ती सम्पन्न हुने बाहेक थप विकासका काम हुन सकेनन नै अत्यन्तै दुखद पक्ष हो ।’’ उनले २०७४ को निर्वाचनमा जिल्लाबाट चुनाव जितेका व्यक्ति शक्ति मन्त्री बन्ने र शक्ति केन्द्रमा रहने गरेपछि जिल्लाको विकासमा ध्यान दिन नसकेको गुनाशो व्यक्त गरे ।

संविधान सभा सदस्य निर्वाचित भएपछि नेता भण्डारीको पहलमा जिल्लामा सडक विस्तार, पुल निर्माण, खानेपानी आयोजना सञ्चालनलगायत शैक्षिक पूर्वाधार विकास तथा सुधारका दजर्नौ परियोजना सञ्चालन भएका थिए । जसमध्ये अधिकाङ्श परियोजनाहरु सम्पन्न समेत भइसकेका छन ।




प्रतिक्रिया