गौतमद्धारा कार्यकर्तालाई निर्वाचनमा स्वविवेक प्रयोग गर्न आह्वान


काठमाडौं, २६ असोज । वामदेव गौतम नेतृत्वको नेकपा राष्ट्रिय एकता अभियानले आगामी मंसिर ४ गते हुने निर्वाचनमा कुनै पनि पार्टीलाई समर्थन नगर्ने भएको छ ।

आज एक विज्ञप्ती जारी गर्दै अध्यक्ष गौतमले आफ्नो पार्टीले कुनै पनि दललाई समर्थन गर्ने अवस्था नरहेको स्पष्ट पारेका हुन् । उनले आफ्ना नेता तथा कार्यकर्ताहरुलाई आगामी निर्वाचनमा परिस्थिति र अवस्थालाई ध्यानमा राखेर स्वविवेक प्रयोग गर्न समेत आह्वान गरेका छन् ।

सरकारमा सहभागी भएका दलको सत्ता गठबन्धन र एमाले नेतृत्वको गठबन्धनलाई गौतमले नेपालको संविधानको भावना विरुद्ध भएको समेत टिप्पणी गरेका छन् ।

उनले दुवै गठबन्धनको उद्देश्य आफ्नै नेतृत्वमा सरकार गठन गर्नुमात्रै रहेको समेत आरोप लगाएका छन् ।