केपी ओलीले फेसबुकमा लेखे ‘आज बिहानै ६ बजेर ५ मिनेटमा घाम झुल्क्यो’


काठमाडौं, असोज ३१ । पार्टीको घोषणापत्र लेख्नका लागि काठमाडौंको डाँडाकाँडा डुलेका एमाले अध्यक्ष केपी शर्मा ओलीले आज बिहानै सामाजिक संजाल फेसबुकमा आज ६.५ मा सूर्योदय भएको भन्दै स्टाटस लेखेका छन् ।

उनले सोमबार बिहानै झुल्किँदै गरेको घामको तस्बीर राखेर ‘शुभप्रभात आज ६.५ मा सूर्योदय भएको छ’ लेखेका हुन् ।

उनको यो स्टाटस आगामी निर्वाचन लक्षित भनेर बुझ्न सकिन्छ । किनकी एमालेको चुनाव चिन्ह सुर्य हो । आउँदो मंसिरमा आम निर्वाचन हुँदै छ ।

उक्त चुनावमा एमाले तस्बीरजस्तै एमाले पनि मुलुकमा उदाउने भनाइ उनको स्टाटसबाट बुझ्न सकिन्छ ।

केही दिन अघ अध्यक्ष ओली पार्टीको घोषणापत्र फुराउनका लागि काठमाडौं उपत्यकाको पूर्व डाँडा लाकुरी भञ्ज्याङ पुगेका थिए । त्यहाँ उनले केही रमाइलो गरेका तस्बीरहरुसमेत खिचेर सार्वजनिक गरेका थिए ।