पार्टी र जातीभन्दा माथि उठेर मतदान गर्न रामहरि खतिवडाको आह्वान


काठमाडौं, ३ कार्तिक । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा आगामी निर्वाचनमा प्रतिनिधिसभाको लागि ओखलढुंगाबाट उम्मेदवार रहेका रामहरि खतिवडाले पार्टी र जातीभन्दा माथि उठेर आफूलाई मतदान गरिदिन आग्रह गरेका छन् ।

सिद्दिचरण नगरपालिका वडा नम्बर-६ मा जन कल्याण युवा क्लबद्वरा आयोजित भलिबल कार्यक्रमलाई सम्बोधन गर्दै खतिवडाले समग्र ओखलढुंगालाई नयाँ दिशा दिने दृढ़ इच्छाशक्तिको साथ आफू उम्मेदवार भएको बताएका हुन।

जन्तरखानीको मायाले आफूलार्य यहाँ तानेर ल्याएको उनको भनाई थियो । युवा समुह,आमा समुहले आउनेबित्तिकै आफूलाई सम्मान गरेको भन्दै आफू जितिसकेपछि सो ठाउँको समृद्धिको लागि सधैं लागिरहने बताएका हुन् ।

सम्बोधनको क्रममा उनले भने,तपाईंको एक मतले मतले तपाईंको सन्ततिलाई समेत असर पुग्ने भएकोले भोट सही ठाउँमा सहि मान्छे मलाई मत गरिदिन आग्रह गर्दछु ।

Skip This

Omoda E5 Pro