काठमाडौं, ५ कार्तिक । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल काठमाडौं फर्किएलगत्तै पत्नी सिता दाहालको स्वास्थ्य अवस्था बुझ्न नेपाल मेडिसिटी अस्पताल पुगेका छन् । प्रचण्ड वाम लोकतान्त्रिक गठबन्धनको संयुक्त कार्यक्रमलाई सम्बोधन गर्नको लागि विराटनगर र जनकपुर पुगेका थिए ।
दुवै कार्यक्रम सम्पन्न गरेर दाहाल आज साँझ काठमाडौं ओर्लिएका थिए । उनी काठमाडौंबाट सिधै मेडिसिटी अस्पताल आएका हुन् । दाहाल पत्नी सिताको स्वास्थ्यमा समस्या आएपछि उनलाई मेडिसिटी अस्पतालमा भर्ना गरिएको छ ।
हिजो साँझबाट भने सीताको स्वास्थ्यमा सुधार आएको जनाईएको छ। सीता लामो समयदेखि जटिल रोगबाट ग्रसित छिन् । दाहाल आज साँझ ६ः३० बजे मेडिसिटी अस्पताल पुगेका हुन् । file photo




प्रतिक्रिया