जनकपुरधाम, कार्तिक १० । जनमत पार्टीबाट धनुषा ३ (क) बाट प्रदेशसभामा उम्मेदवारी दिएका डा. प्रसन्नकुमार झाले जनताको हरेक सुख र दुःखमा साथ दिने प्रतिबद्धता जनाएका छन् । आज (बिहीबार) चुनावी घरदैलोको क्रममा उनले आफ्नो क्षेत्रका मतदाताहरुसंग मत माग्दै आर्शिवाद माग्ने क्रममा यस्तो प्रतिबद्धता जनाएका हुन् ।
झाले मुखियापट्टी मुसहरनिया गाउँपालिका वडा नम्बर ४ मा दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमको पनि आयोजना गरेका थिए । उनले निर्वाचनमा पछिल्ला जनप्रतिनिधिहरुको कामको लेखाजोखाको साथै विवेक पुर्याएर मतदान गर्न आग्रह गरे ।
सो शुभकामना आदानप्रदान कार्यक्रममा जनमत पार्टीका विभिन्न नेताकार्यकर्ताहरुको सहभागिता रहेको थियो । यता प्रदेशसभाका उम्मेदवार डा। झाले धनौजी बजारमा विभिन्न पार्टी परित्याग गरेर आएका नेता कार्यकर्ताहरुलाई जनमत पार्टीमा प्रवेश गराएका छन् ।
मधेसलाई अधिकारसम्पन्न बनाउनका लागि डा. सिके राउतको नेतृत्वमा रहेको जनमत पार्टीले राम्रो काम गरेको र भविष्यमा पनि जनताको एजेण्डा बोक्ने उनको विश्वास थियो ।




प्रतिक्रिया