रौतहट–१ मा माधव नेपाल एमालेका गुप्तासँग ६०० मतले पछि परे


काठमाडौं, ६ मंसिर । रौतहट–१ मा नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार माधवकुमार नेपाल पछि परेका छन् ।

उनले ६३३८ मत ल्याउँदा एमालेका ६९१८ मत ल्याएका छन् । पछिल्लो मतगणनामा नेपाल एमालेका गुप्तासँग करिब ६ सय मतले पछि परेका छन् ।

नेपाल यो क्षेत्रमा सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् ।