प्रतिनिधिसभा सदस्य आले र राईले लिए सपथ


काठमाडौं, पुष १९ । प्रतिनिधिसभाका दुई सदस्यहरुले पद तथा गोपानीयताको सपथ लिएका छन् ।

नेकपा (एकीकृत समाजवादी) का सांसद् प्रेम बहादुर आले र नेपाली कांग्रेसकी सांसद्‌ माया राईले आज प्रतिनिधिसभाका जेष्ठ सदस्य पशुपतिशमशेर राणाबाट सपथ लिएका हुन् ।

सांसद् आले मातृशोकमा र राई सुत्केरी भएकाले सपथ लिन पाएका थिएनन्।

Photo By Mukunda Kalikote/ReportersNepal