जयपुरबाट १२ नेपाली महिलाको उद्धार


एजेन्सी । भारतको जयपुर अन्तर्राष्ट्रिय विमानस्थलबाट १२ नेपाली महिलाको उद्धार गरिएको छ। उद्धार गरिएका महिलाहरुलाई इथियोपियाको बाटो हुँदै खाडी देशहरुमा तस्करी गरिन लागिएको थियो।

प्रहरीले सुराकी पाएपछि ती महिलाहरुलाई उद्धार गरेर आफ्नो निगरानी राखेको छ। उद्धार गरिएका महिलाहरुलाई नेपाली तस्करहरुले भारत पुगाएका थिए।

उनीहरुलाई दुबइमा जागिरको प्रलोभन देखाएर जयपुर पुर्याइएको थियो। शुक्रबारको उडानबाट उनीहरुलाई दुबइ लग्न लागिएको थियो।

Skip This

Omoda E5 Pro