काठमाडौं, माघ ४ । उपराष्ट्रपति नन्दबहादुर पुनले नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । आज बिहान ललितपुरस्थित सुमेरु अस्पताल पुगेर उनले पुनको स्वास्थ्यलाभको कामना गरेका हुन् ।
स्वास्थ्यमा समस्या देखिएपछि नेता पुनलाई पुस ३० गते रोल्पाबाट हेलिकोप्टरमा ल्याएर सुमेरु अस्पताल भर्ना गरिएको थियो । आजै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पनि नेता पुनको स्वास्थ्य अवस्थाबारे जानकारी लिन अस्पताल पुगेका थिए ।
यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुनलाई भेटी स्वास्थ्यलाभको कामना गरेका थिए ।




प्रतिक्रिया