रबि फेरि बने पार्टी सभापति


काठमाडौं, १५ माघ । रबि लामिछाने पुन: राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति बनेका छन्।

आज बसेको पार्टीको केन्द्रीय बैठकले उनलाई सभापतिमा मनोनयन गरेको हो।

रबि पार्टी सभापतिमा चयन हुनुपूर्व नयाँ नागरिकताअनुसार पार्टीको सदस्यता लिएका हुन्।

गत शुक्रबार सर्वोच्च अदालतले उनले नेपाली नागरिकता पुन: प्राप्ति नगरेको भन्दै सांसद् पद नै खारेज गरिदिएको थियो।

त्यसपश्चात लामिछानेले आजमात्रै काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट पुन: नागरिकता लिएका थिए।

तस्बिर : रास्वपा