परीक्षा तालिका परिमार्जनको माग राख्दै नेविसंघको प्रदर्शन (फोटोसहित)


काठमाडौं, १७ माघ । नेपाल विधार्थी संघ(नेविसंघ)ले परीक्षा तालिका परिमार्जनको माग राख्दै प्रदर्शन गरेको छ।

स्नातक चौथो वर्षकाविद्यार्थीहरुको पढाइ नसकिदै र विधान विपरीत परीक्षा फाराम भरेको २ दिनमै परीक्षा संचालन हुनेगरी त्रिभुवन विश्वविधालयले प्रकाशित गरेको परीक्षा तालिका परिमार्जनको  माग राख्दै नेविसंघले मंगलबार परीक्षा नियन्त्रण कार्यालय बल्खु अगाडि प्रदर्शन गरेको हो।

त्रिभुवन विश्वविद्यालयले २०७९ साल पौष २९ गतेदेखि माघ २९ गतेसम्म नियमित दस्तुर र साधारण म्याद सकिएको एक हप्ता(फाल्गुन ७) सम्म दोब्बर दस्तुर हुने गरी परीक्षा आवेदन फाराम खुलाएको थियो। फाराम खुलेको हप्तादिन नबित्दै विश्वविद्यालयले फाल्गुन १० गतेबाट परीक्षा संचालन हुनेगरी परीक्षा तालिका सार्वजनिक गरेको थियो।

विश्वविद्यालयले अशोभनीय, विधान विपरीत र त्रुटिपूर्णरुपमा परीक्षा तालिका सार्वजनिक गरेको भन्दै नेविसंघ स्नातकतह चौथो वर्षका विद्यार्थीहरु आन्दोलित भएको नेविसंघले जनाएको छ।

उनीहरुले आजै त्रिचन्द्र, नेपाल कमर्स, पाटन र कोटेश्वर बहुमुखी क्याम्पसलाई संयुक्त ज्ञापनपत्रसमेत बुझाएका थिए।

विद्यार्थीहरुले परीक्षा नियन्त्रण कार्यालयमा उपस्थित भएर निर्यण त्रुटिपूर्ण भएको भन्दै सच्याउन माग गरेका छन्।

Skip This

Omoda E5 Pro