राष्ट्रिय सभाको उपाध्यक्षमा उर्मिला अर्याल निर्विरोध निर्वाचित


काठमाडौं, २३ माघ । राष्ट्रिय सभाको उपाध्यक्षमा उर्मिला अर्याल निर्वाचित भएकी छन् । आज (सोमबार) बसेको राष्ट्रिय सभाको बैठकले अर्याललाई उपाध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो ।

राष्ट्रिय सभाको उपाध्यक्षमा अर्यालको मात्रै उम्मेदवारी परेको थियो । उनलाई राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् । उनी नेकपा (माओवादी केन्द्र) को केन्द्रीय सदस्यसमेत हुन् ।

नवनिर्वाचित अर्याललाई अध्यक्ष तिमल्सिनाले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।