काठमाडौं, २ चैत्र । आइसिसी क्रिकेट विश्वकप लिग–२ को त्रिकोणात्मक सिरिज अन्तर्गत अन्तिम खेलमा नेपालसँग ब्याटिङ गरिरहेको युएईले दुई सय रन पूरा गरेको छ।
युएईका कप्तान तथा ओपनर ब्याट्सम्यान मुहम्मद वासीमले युएईका लागि आक्रमक सुरुआती गरेका थिए।
युएई ताजा अवस्थामा ४३ ओभरमा ५ विकेट गुमाउँदै दुई सय रनमा रहेको छ।
नेपालका दिपेन्द्रसिंह ऐरीले २, सन्दिप लामिछाने र ललित राजवंशिले समान १/१ विकेट लिएका छन्।




प्रतिक्रिया