ओलीले मुस्कुराउँदै हाले भोट


काठमाडौं, ३ चैत्र । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो भोट खसालेका छन्।

उपराष्ट्रपतिका लागि आज भइरहेको मतदानमा अध्यक्ष ओलीले अहिले आफ्नो मत खसालेका हुन्।

एमालेबाट अष्टलक्ष्मी शाक्यले उपराष्ट्रपतिमा उम्मेद्‍वारी दिएकी छिन्।