जनगणना २०७८ को अन्तिम नतिजा सार्वजनिक गर्दै प्रधानमन्त्री दाहाल (फोटोफिचर)


काठमाडौं, १० चैत्र । राष्ट्रिय जनगणना २०७८ को अन्तिम नतिजा शुक्रबार सार्वजनिक गरिएको छ। सोल्टी होटलमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय जनगणना २०७८ को नतिजा सार्वजनिक गरेका हुन्।

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ। जसमध्ये पुरुषको संख्या १ करोड ४२ लाख ५३ हजार ५५१ [४८.९८ ]प्रतिशत र महिलाको संख्या १ करोड ४९ लाख ११ हजार २७ [५१.०२] प्रतिशत छ। जस अनुसार लैङ्गिक अनुपात अर्थात प्रति १०० जना महिलामा पुरुषको संख्या ९५.५९ जना रहेको छ।

तस्बिर : प्रदीपराज वन्त

Skip This

Omoda E5 Pro