ओलीलाई स्वागत गर्न एमाले कार्यकर्ताहरु बुद्ध एयरको ढोकैसम्म पुगेपछि (भिडिओसहित)


काठमाडौं, २७ चैत्र । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली आज नेपालगञ्ज पुगेका छन्। पार्टीको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको नवौँ महाधिवेशन उद्घाटन गर्न ओली नेपालगन्ज गएका हुन् ।

ओली नेपालगन्ज विमानस्थलमा अवतरण गरेपछि उनको स्वागतका लागि बुद्ध एयरको ढोकासम्म एमाले नेता तथा कार्यकर्ताहरुको ठूलो भिड लागेको थियो। विमानको ढोकासम्म नेता तथा कार्यकर्ताहरु पुगेपछि अहिले सुरक्षा संवेदनशिलतालाई लिएर आलोचना पनि भएको छ ।

 

Skip This

Omoda E5 Pro