अर्थतन्त्र सुधारका लागि माओवादी केन्द्र उद्योग वाणिज्य विभागको अन्तरक्रिया (फोटोफिचर)


काठमाडौं, ३० चैत्र । नेकपा (माओवादी केन्द्र) को उद्योग वाणिज्य विभागले अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । औद्योगिक एंव वाणिज्यका समस्याः सम्भावना र चुनौती र उद्योग एंव वाणिज्य क्षेत्रमा देखा परेका वित्तिय समस्या, बैकिङ्ग प्रणाली, वैज्ञानिक कर प्रणाली, राजश्व र उद्योग व्यवसायबीचको सम्बन्ध विषयलाई लिएर अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रमको प्रमुख अतिथि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ रहेका छन् । त्यसैगरी, विशिष्ट अतिथिहरुमा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, अर्थमन्त्री डा. प्रकाश शरण महत, उद्योग मन्त्री रमेश रिजालको उपस्थिति रहने बताइएको छ ।

कार्यक्रमका वक्ताहरुमा राष्ट्रिय योजना आयोगको पूर्व उपाध्यक्ष दिपेन्द्र बहादुर क्षेत्री, अर्थविद डा. चन्द्रमणि अधिकारी, नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नर बहादुर थापा, अर्थशास्त्री सहसचिव संसद सचिवालय सुरेन्द्र अर्याल रहेका छन् ।

 

Skip This

Omoda E5 Pro