सन्दीपविरुद्धको बलात्कार मुद्दामा आज सुनुवाइ हुने


काठमाडौं, वैशाख २४ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज पेसी तोकिएको छ ।

यस अघि वैशाख ११ गते न्यायाधीश दिपक ढकालको इजलासमा तोकिएको अन्तिम सुनुवाइ जाहेरवालाको तर्फबाट चार कानुन व्यवसायीहरूले बहस गरेपछि स्थगित भएको थियो ।

त्यसपछि आजलाई पुनः पेसी तोकिएको छ । आज पीडितले अन्तरिम राहत माग गर्दै परेको निवेदनमा पनि सुनुवाइ हुनेछ ।