सर्जरी गरेर सन्दीप लामिछानेको शरिरबाट निकालियो ६ वटा लाईपोमा


काठमाडौं, २५ बैशाख । नेपाली राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछानेको शरीरमा रहेका ६ वटा लाईपोमाहरुको आज सर्जरी गरी निकालिएको छ ।

क्यानका मेडिकल कोअर्डिनेटर डा अभिषेकराज सिंहका अनुसार अहिलेको खाली समयको सदुपयोग गरी सन्दिपको प्लान सर्जरी गरिएको हो ।

उनको सर्जरी नेपाल नेशनल अस्पतालमा गरिएको हो। सन्दिप भोलि नै डिस्चार्ज हुने जनाईएको छ । र, आगामी खेलहरूमा नियमित रूपमा फर्किने छन् ।