काठमाडौं, जेठ १ । नेकपा (एमाले)का नेता महेश बस्नेतले पार्टीको आदेश पालना गर्दै टोपबहादुर रायमाझी प्रहरीसामु पुगेको बताएका छन्।
नक्कली भुटानी शरणार्थी बनाएर गठी प्रकरणमा मुछिएका रायमाझी आइतबार राति बुढानीलकण्ठबाट पक्राउ परेसँगै समाजिक सञ्जालमा लेख्दै नेता बस्नेतले पार्टीको आदेशपछि टोपबहादुर प्रहरीसामु पुगेको उल्लेख गरेका छन् ।
पक्राउ पुर्जी जारी भएको ११ दिनपछि प्रहरी रायमाझीलाई बुढानीलकण्ठस्थित एक कार्यकर्ताको घरमा लुकेर बसेको अवस्थामा फेला पारेको हो ।
नेता बस्नेतले भने एमालेको आदेश पालना गरेर टोपबहादुर प्रहरीसामु पुगेको भनेका छन्। उनले फेसबुकमा लेखेका छन्
‘प्रहरी अनुसन्धानलाई सहयोग गर्न एमालेले गरेको आदेश पालना गर्दै टोप बहादुर रायमाझी प्रहरीसामु पुग्नु भएको छ।नेपाल प्रहरीलाई निष्पक्ष छानबिन गरी सम्पूर्ण अपराधिहरूलाई कारबाहीको दायरामा ल्याउन अनुरोध छ,’ सामाजिक सञ्जालमा बस्नेतले लेखेका छन्।





प्रतिक्रिया