काठमाडौं, २ जेठ । राष्ट्रपति रामचन्द्र पौडेल अस्वस्थ रहँदा सरकारले जेठ ५ गते संसद्मा ल्याउन लागेको सरकारो नीति तथा कार्यक्रम कसले प्रस्तुत गर्ने विषय टुङ्गिएको छैन।
सरकारको नीति तथा कार्यक्रम जेठ ५ गते सदनमा प्रस्तुत गर्नेबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच सहमति भइसकेको छ।
समान्यतया सरकारको नीति तथा कार्यक्रम सदनमा राष्ट्रपतिले वाचन गरेर प्रस्तुत गर्ने चलन रहेको छ। यसअघि पनि तत्कालिन राष्ट्रपतिले सदनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने गरेका थिए।
तर, यसपटक वर्तमान राष्ट्रपति रामचन्द्र पौडेल बिरामीभई उपचारपछि आराम गर्नुपर्ने चिकित्सकहरुको सुझावका कारण संसद्मा कार्यक्रम कसले प्रस्तुत गर्नेबारे अझै निश्चित भएको छैन।
राष्ट्रपति आफैं स्वस्फुर्त भएर कार्यक्रम प्रस्तुत गर्न खोजे उनैले गर्ने नत्र सुरुवाती केही समय राष्ट्रपतिले प्रस्तुत गर्ने र बाँकी समय प्रधानमन्त्री प्रचण्डले नीति तथा कार्यक्रम वाचन गर्नेबारे केही छलफल भएको कांग्रेस प्रमुख सचेत रमेश लेखकले बताए।
उनले यसबारे कार्य व्यवस्था परामर्श समितिको बैठकमा छलफल हुने र सो पछि मात्रै नीति तथा कार्यक्रम कसले प्रस्तुत गर्ने निर्णय हुने रिपोर्टर्स नेपाललाई बताए।




प्रतिक्रिया