सरकारले आगामी आर्थिक वर्षमा कर प्रणाली पुनरावलोकन गर्ने


काठमाडौं, ५ जेठ । आगामी आर्थिक वर्षमा सरकारले कर प्रणाली पुनरावलोकन गर्ने भएको छ।

शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उक्त कुरा बताएका हुन्।

विद्यमान कर प्रणालीमा पुनरावलोकन गर्ने, राजस्वको दायरा विस्तार गर्ने, सबै प्रकारका आर्थिक क्रियाकलापलाई औपचारिक प्रणालीमा आवद्ध गर्ने राष्ट्रपति पौडेले बताए।

यस्तै, राष्ट्रपति पौडेले राजस्व चुहावट, न्यून बिजकीकरण, हुण्डी, अवैध कारोबारमा लगानी तथा राष्ट्रिय पूँजी पलायनमा कडाइ गर्ने उनले बताए।