काठमाडौं, ६ जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भोलि (आइतबार) को प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्ने भएका छन् । यसअघि ओलीले जेग ४ गते बोल्ने भनिएको थियो ।
सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफल सुरु हुनुअघि ओलीले संसद्मा आफ्नो धारणा राख्न लागेका हुन्। ओलीले आफू भोलिको संसद् बैठकमा बोल्नेबारे आज बसेको पार्टीको संसदीय दलको बैठकमार्फत जानकारी गराएका हुन् ।
एक सांसदका अनुसार अध्यक्ष ओलीले समसामयिक विषयमाथि बोल्ने बताएका छन् । यसअघि ओलीले आफूले नक्कली भुटानी शरणार्थी प्रकरणबारे बोल्ने जनाएका थिए । ओलीले के बोल्लान् भन्ने विषय अहिले सर्वत्र चासोका साथ हेरिएको छ ।




प्रतिक्रिया