काठमाडौं, जेठ ८ । नीजि तथा आवासीय विद्यालय संगठन काठमाडौं (प्याब्सक) का नवनिर्वाचित अध्यक्ष राजन श्रेष्ठसहित नयाँ कार्यसमितिलाई प्रमाणपत्र प्रदान गरिएको छ ।
अघिल्लो शनिबार संगठनको पाँचौं अधिवेशनमार्फत निर्वाचित कार्यसमितिलाई सद्श्यता प्रमाणपत्र वितरण गरिएको हो। अधिवेशनले प्याब्सकको उपाध्यक्षमा मिरा सिलवाल र पुष्पराज सिंखडालाई चयन गरेको छ ।
त्यसैगरी, सुदीप काफ्ले महासचिवमा चयन भएका छन् भने उपमहाचिवमा राजु पुडासैनी चयन भएका छन् । त्यसैगरी, सचिवमा लक्ष्मी गुरुङ, कोषाध्यक्षमा राजेश्वर तिवार चयन भएका छन् । सहकोषाध्यक्षमा भने होम लक्ष्मी गुरुङ चयन भएका थिए ।
फोटोः दिनेश चौधरी/रिपोर्टर्स नेपाल





प्रतिक्रिया