काठमाडौं, १३ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले ल्याएको नीति तथा कार्यक्रम कर्मकाण्डी भएको स्विकारेका छन्।
शनिबार नीति तथा कार्यक्रममा सांसदहरूले उठाएका प्रश्नहरूको प्रतिनिधिसभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले सरकारले ल्याएको नीति तथा कार्यक्रम कर्मकाण्डी भएको स्विकारेका हुन्।
उनले भने, ‘जसले यसलाई कर्मकाण्डी भन्नुभएको छ, म एक हदसम्म भन्ठान्छु, यो कर्मकाण्डी पनि छ। कयौं आधारभूत कुराहरू यसअघिका सरकारहरुले ल्याउने पनि यस्तै हुन्थ्यो। त्यसकारण यो कर्मकाण्डी नै हो भने, हिजो सरकारको नेतृत्व गर्ने साथीहरूले भन्नुपर्ने हुन्थ्यो, हिजो सरकारको नेतृत्व गर्ने पार्टी र नेता साथीहरूले भन्नुपर्ने हुन्छ, विल्कुल ठिक आयो, हामीले ल्याएको जस्तै आयो। हामीले पनि यस्तै ल्याउँथ्यौँ, अहिलेको सरकारले पनि त्यस्तै ल्याएको हुनाले समर्थन गर्नुपर्ने हुन्छ।’




प्रतिक्रिया