काठमाडौं, जेठ २५ । राजधानीको बागबजार क्षेत्रमा सडक कालोपत्रे गर्ने क्रममा उडाइएको धुलोले चारैतिरका घर, पसल व्यवसायी र सर्वधारणले सास्ती भोगेका छन् ।
सडक कालोपत्रे गर्ने तयारी अनुसार काठमाडौं महानगरपालिकाले कार्यालय समयमा सडकको धुलो उडाउँदा बागबजार क्षेत्र अस्तव्यस्त भएको छ भने आसपासका घर, पसल र कार्यालय समेत बन्द भएका छन् । दैनिक कामकाजमा हेडेका बटुवाहरु बाटोमा हिडडुल गर्न समस्या भएपछि नाकमुख छोप्दै भागाभाग गर्न बाध्य भएका छन् ।
कालोपत्रे गर्नुअघि सडक बढार्दै सफा गर्ने क्रममा धुलो उडाउँदा आसपासका क्षेत्र अस्तव्यस्त देखिएको छ भने सडकमा हिडेका बटुवा र सवारी चालकलाई पनि उडेको धुलोले सेताम्य बनाईरहेको स्थानीयले गुनासो गरेका छन् ।
विकास निर्माणका काम गर्दा प्रायः मानविय चहलपहल कम हुने समयमा गर्नु पर्ने भएपनि महानगरपालिकाले मनपरि तरिकाले अनुपयुक्त समयमा काम थाल्दा हैरानी थपिएको छ ।
भृकुटीमण्डपस्थित रेडक्रस भवनदेखि काठमाडौं मोडलचोकसम्म र बागबजारको शहिद शुक्र स्कुलदेखि शंकरदेव क्याम्पससम्मको सडक कालोपत्रे गर्ने सन्र्दभमा महानगरपालिकाले यो दादागिरी देखाएको हो ।
तीन महिनासम्म भत्काएको सडक कालोपत्र गर्न महानगरले आलटाल गरेपछि स्थानीय व्यापारीहरुले एक साता अघि सडक अवरुद्व गरेपश्चात आज कालोपत्रे गर्नको लागि महानगरपालिकाले अनुपयुक्त समयमा सडक कालोपत्रे गर्न सुरु गरेको हो ।
फोटोः मुकुन्द कालिकोटे /रिपोर्टर्स नेपाल





प्रतिक्रिया