गर्मी छल्न स्विमिङ्गमा नाच्दै रमाउँदै एरोविक डान्स सम्पन्न (फोटोफिचर)


काठमाडौं, २८ जेठ । हाम्रो साझा एरोविक एण्ड डान्स सेन्टर काठमाडौँले ‘स्वीमिङ पुल’ एरोविक डान्स कार्यक्रम सम्पन्न गरेको छ।

‘हाम्रो साझा एरोविक एण्ड डान्स सेन्टर’ काठमाडौँको आठौं वार्षिकोत्सवको अवसरमा ‘स्वीमिङ पुल’ डान्स कार्यक्रम सम्पन्न गरेको हो।

‘स्वास्थ्यको लागि डान्स’ भन्ने मुल नाराका सथा आयोजना गरिएको डान्स सेन्टरले ८० जना प्रशिक्षार्थीहरूलाई शनिबार स्वीमिङ डान्स गराएको हो।

हाम्रो साझा एरोविक एण्ड डान्स सेन्टरकी सञ्चालिका रिमा सुब्बा, मुख्य प्रशिक्षक चन्डु चौधरी, सहायक प्रशिक्षक सरिता केसी र व्यवस्थापक अञ्जना शाक्यसहितको टोलीलले स्वीमिङ पुलमा डान्सको मज्जा दिलाएका हुन्।

हाम्रो साझा एरोविक एण्ड डान्स सेन्टरले विगतका वर्षहरूमा पनि विभिन्न कार्यक्रमको आयोजना गर्दै आएको थियो। सेन्टरले वन भोज, ब्लड डोनेशन, स्वास्थ्य परीक्षण, असाहय, निमुखाहरूको स्वास्थ्य, खाने, लगाउने र शिक्षालाई ध्यानमा राखेर सहयोगी हातहरूबाट आर्थिक सङ्कलन गरी हस्तान्तरण गर्ने, पीडित असाहय महिला बालबालिकाहरूको कानूनी उपचारहरूलाई सहयोग गर्ने जस्ता सामाजिक कार्यहरू गर्दै आएको छ।

हाम्रो साझा एरोविक एण्ड डान्सकी सञ्चालिका रिमाले भनिन्,‘विगत वर्षदेखि यो आठ वर्षको अवधिमा निःशुल्क रूपमा हामीले जुम्बा डान्स सिकाईरहेका छौं। आफ्नो स्वास्थ्यलाई ध्यान दिएर यहाँ आउनुहुने सहयोगी मनले दिएको रकमबाट पिउने पानी, साउण्ड बक्सलगायका आवश्यक सामाग्री खरीद गरी स्वास्थ्य सेवामा लागिरहेका छौं।’

मदननगर लेकमार्गस्थित करिब दुई रोपनी जग्गामा सञ्चालित भिजोनोभा रिक्रिएशन स्वीमिङ पुलले स्वीमिङ पुल डान्स कार्यक्रमको लागि सहजिकरण गरेको थियो।

तस्बिर : मुकुन्द कालिकोटे

Skip This

Omoda E5 Pro