काठमाडौं, २१ असार । ठमेलस्थित लर्ड अफ ड्रिंग्स (एलओडी) क्लबका सञ्चालक पक्राउ परेका छन्।
प्रहरीले एलओडीका सञ्चालक राजुसिंह सुवाललाई बालुवाटारबाट पक्राउ गरेको हो।
नाबालिग बलात्कारको मुद्दामा जोडिएपछि एक सातादेखि फरार रहेका सञ्चालक सुवाललाई बिहीबार अपरान्ह पक्राउ गरिएको प्रहरीले बताएको छ।
अर्का सञ्चालक रुदिलबल्लव श्रेष्ठ भने अझै फरार रहेको प्रहरीले जनाएको छ।




प्रतिक्रिया