काठमाडौंमा मिटरब्याजी पीडितहरूको बिजोग (तस्बिरमा हेर्नुहोस्)


काठमाडौं, २४ असार । मिटरब्याजी विरुद्धको कानून पारित गराउन माग गर्दै पीडितहरुले आइतबार काठमाडौंमा प्रदर्शन गरे।

मिटरब्याजविरुद्धको कानून पारित गराउन प्रदर्शनका लागि भन्दै काठमाडौं आएका पीडितहरू प्रदर्शन जारी राखेपनि उनीहरू बिजोगमा परेका छन्।

कोही सडक किनारामा मै थकित भएर सुतिरहेका छन् भने कोही शितल भएको ठाउँमा गएर आराम गरिरहेका छन्। उनीहरूको साथमा रहेका बच्चाहरूको अवस्थामा पनि त्यस्तै देखिन्छ।

तस्बिर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल

Skip This

Omoda E5 Pro