काठमाडौं, ३१ असार । कांग्रेस सांसद रामशरण बजगाईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले ‘गुण्डा’ भनेको भन्दै रेकर्ड डिलिट गर्न माग गरेका छन्।
आइतबारको प्रतिनिधिसभा बैठकमा रास्वपाकी सांसद श्रेष्ठले विधेयक गुण्डाशैलीमा पास भएको अभिव्यक्तिको विरोध गर्दै बजगाईंले भने,‘माननीय सुमना श्रेष्ठले बहुमतका आधारमा बिधेयक पास गर्ने भए, ‘गुण्डाशैलीमा पास गर्ने भए’ भन्ने अभिव्यक्ति दिनुभएको कारणले संसदीय मर्यादाभित्रको भाषा प्रयोग नभएको कारणले गर्दा अविलम्ब संसदको रेकर्डबाट डिलिट हुनुपर्छ भन्ने मेरो माग रहेको छ।’
त्यसपछि सभामुख देवराज घिमिरेले ध्यानाकर्षण भएको बताउँदै अभिब्यक्ति हेरेर उचित निर्णय लिने बताए।




प्रतिक्रिया