डडेल्धुरा, साउन २३ । हिजो राति परेको अविरल वर्षाका कारण सुदूरपश्चिमका ७ पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध भएको छ। राजमार्ग अन्तर्गत खानीडाडास्थित सेल्फीडाँडामा पहिरो गएको हो।
खानीडाँडादेखि बुढीतोला सडक पुरै चिराचिरा परेको छ। अहिले खुल्ने सम्भावना छैन। उता प्रदेश ट्राफिक कार्यालय अत्तरियाले प्रहरी टोली उक्त स्थानमा गइरहेको र पूर्ण विवरण नआएको जनाएको छ।
पहिरोले राजमार्ग अवरुद्ध बनेपछि हिजो रातिदेखि नै खानीडाँडा र बुढीतोलामा सयौं सवारी रोकिएका छन् भने हजारौं यात्रु अलपत्र परेका छन्।




प्रतिक्रिया