हामीले प्रचण्डलाई प्रधानमन्त्री बनाएको हो : नेता पौडेल


काठमाडौं, ५ भदौ । कांग्रेस नेता प्रदीप पौडेलले कांग्रेसले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाएको दाबी गरेका छन्।

मङ्गलबार चितवनमा आयोजित एक कार्यक्रममा बोल्दै नेता पौडेलले प्रचण्डलाई प्रधानमन्त्री कांग्रेसले बनाएको दाबी गरेका हुन्।

उनले भने, ‘प्रचण्डको पार्टीको सिट हाम्रो आधाभन्दा पनि कम छ। हामीले उहाँलाई प्रधानमन्त्री बनाएको हो। यो सरकारले भ्रष्टाचारका फाइल खोल्दा समर्थन गरिएको छ। तर फाइल खोलेपछि हाम्रा मानिस पर्ने अरूका नपर्ने भन्ने हुन्न, संलग्न सबैमाथि छानबिन हुनुपर्छ।’

Skip This

Omoda E5 Pro